पोखरामा सुत्केरी र विपन्न परिवारलाई राहत वितरण
पाेखरा | माघ ६, २०७९
पोखरा: वडा कार्यालय –१५ तथा सहयोगी संस्थाहरूको सहयोगमा पोषणयुक्त खाद्यान्न तथा न्यानो लुगा वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं –१५ को सुत्केरी महिला पोषण कार्यक्रम तथा ’ग्लो संस्था र थ्री एन्जेल नेपालको सहयोगमा वडामा बसोबास गर्ने अपाङ्ग, दृष्टिविहिन, एकल तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई सहयोग प्रदान गरिएको हो ।
सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको वार्षिक बजेटबाट सुत्केरी महिलाहरूका लागि चामल, घ्यू, हर्लिक्स र साबुन तथा ’ग्लो संस्था’ ले न्यानो लुगा र ’थ्री एन्जेल नेपाल’ले ब्ल्यांकेट सहयोग गरेको जानकारी दिए। बानियाँले वडा तथा सहयोगी संस्थाहरूले दिएको सामग्रीको सही रूपमा उपयोग गर्न आग्रह गर्दै टोल छिमेकमा कोही त्यस्ता विपन्न व्यक्ति वा परिवार छुटेको भए वडामा पठाउन आग्रह गरे ।
ग्लो संस्थाकी संस्थापक अध्यक्ष सिता पौडेलले अभाव र अप्ठेरोमा परेका व्यक्तिहरूलाई विशेष जोड दिँदै चिसोबाट बचाउन वयस्कका लागि ११० र बच्चाहरूका लागि ४० जना गरी १५० जनालाई न्यानो लुगा वितरण गरिएको जानकारी दिइन्। उनले वयस्कहरूका लागि ज्याकेट, सुत्केरीका लागि ट्राउजर, ज्याकेट, र ब्ल्यांकेट तथा बच्चाहरूका लागि स्विटर वितरण गरिएको जानकारी दिइन् ।
यस्तै थ्री एन्जेल नेपालले ६० पिस ब्ल्यांकेट सहयोग गरेको छ ।
सहयोग कार्यक्रममा अध्यक्ष बानियाँसहित जनप्रतिनिहरू आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए भने, सहयोगी संस्थाका प्रतिनिधिहरू उपस्थित भएका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

